作词 : ビャクル・マイラ
作曲 : アンバル・グルン
"नेपाल"
सयौं थुँगा फूलका हामी
एउटै माला नेपाली
सार्वभौम भई फैलिएका
मेची-माहाकाली
प्रकृतिका कोटी-कोटी
सम्पदाको आंचल
वीरहरूका रगतले
स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तिभूमि
तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो
मातृभूमि नेपाल
बहुल जाति भाषा धर्म
संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो
जय जय नेपाल